२०८३ बैशाख १९ गते , शनिबार

मध्यरातमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८१ आश्विन २७ गते , आईतबार
मध्यरातमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

बिर्तामोड । झापाको कमल गाउपालिकास्थित अमलडाँगीमा शनिबार मध्यरातमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
शनिबार राति १२ बजे पुर्व पश्चिम राजमार्गमा केर्खाबाट दमकतर्फ जाँदै गरेको को २७ प ३५१३ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकलमा सवार जिल्ला झापा शिवसताक्षी नगरपालिका वडा न. ८ बस्ने वर्ष ३३ को अनिल कुमार लिम्बु र वर्ष २० को सोमराज लिम्बुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी अनिलको टाउको, बाँया हातमा चोट लागि सख्त घाइते भएको र सोमराजको बाहिरी चोट नदेखिएपनि अवस्था गम्भीर बनेको थियो । 
उनीहरूलाई उपचारको लागि दमक अस्पताल दमक पुर्‍याउनासाथ डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार