२०८३ बैशाख १९ गते , शनिबार

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८१ आश्विन २७ गते , आईतबार
मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

विर्तामोड । झापाको मेचीनगरमा मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु भएको छ । साइकलमा सवार सगरमाथा यातायातका चालक डिकेन राजवंशीको मृत्यु भएको हो ।
मेचीनगर-७ इटाभट्टामा ४५ वर्षीय राजवंशीलाई आज बिहान ७:३० बजेतिर धुलाबारीबाट काँकरभिट्टतर्फ जाँदै गरेको होटल मेची क्राउनमा काम गर्ने मेचीनगर-६ बस्ने अन्दाजी वर्ष ३५ का अविशेक लिम्बु सवार प्र.१-०१–०१७ प ७४४ नम्बरको मोटरसाइकलले विपरित दिशातर्फ आउँदै गरेका साइकल यात्री राजवंशीलाई ठक्कर दिँदा उनी सख्त घाइते भएका थिए । 
उनलाई बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएकोमा उपचारको क्रममा ७:४५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार