२०८३ बैशाख १९ गते , शनिबार

टिका लगाउनु अघि के गर्ने, कता फर्किएर लगाउने ?

sajilo news
परिवेश मिडिया
२०८१ आश्विन २६ गते , शनिबार
टिका लगाउनु अघि के गर्ने, कता फर्किएर लगाउने ?

बिर्तामोड बडादशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै

बिहान बजेर ३३ मिनेटमा देवी विसर्जन गरेपछि टीका लगाउन सकिन्छ तर उत्तम साइत खोज्नेहरुका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले ११ बजेर ३६ मिनेट तोकिदिएको

परम्परा अनुसार पूर्वपश्चिम टीकाको साइत हो पूर्वपट्टि फर्केर टीका थाप्ने पश्चिम फर्केर लगाइदिने गरिन्छ सामान्यतयाः पूर्वपश्चिम नै हाम्रो पुरानो परम्परा हो

दक्षिणतिर पितृकर्म मात्रै गरिने भएकाले दक्षिण फर्किने चलन छैन कतिपयले चन्द्रमा हेरेर साइतका आधारमा पनि टीका लगाइदिने थाप्ने दिशा तय गर्छन् तर त्यति विस्तृत रुपमा जाने चलन छैन

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य डा. बासुदेव कोइरालाले टीका लगाइमाग्ने व्यक्ति पूर्व फर्किने लगाइदिने व्यक्ति पश्चिम फर्किनुपर्ने बताए

टीका लगाउनुअघि केके गर्ने ?

दुर्गा विसर्जन गरेपछि टीकाको क्रम शुरु हुन्छ सुरुमा कुलदेवता, पितृदेवतालाई टीका चढाउने गरिन्छ कतिपय ठाउँमा घरको मूल ढोकामाथि टीका लगाइदिने भन्ने परम्परा त्यसपछि मान्यजनबाट टीका लगाइन्छ

दुर्गा विसर्जनपछि कलशको जल अत्यन्त पवित्र हुन्छ भन्ने धार्मिक मान्यता कलशमा राखेको जल लिएर तयारीका साथ इष्टदेवता, कुलदेवतालाई सम्झेर जमरा काटिन्छ दैलामाथि टीका लगाउने गरिन्छ हाम्रो घरपरिवारमा गुरुपुरोहित स्थापना गरेको भए गुरुपुरोहितबाट, नभए मान्यजनको हातबाट टीकाजमरा लगाउने चलन त्यसपछि मात्र अन्य मान्यजनबाट टीका लगाउने चलन

साइत नै खोजेर उपयुक्त समयमा टीका लगाऊँ भन्नेका लागि ११ बजेर ३६ मिनेटमा उत्तम साइत कसैलाई हतारो भएमा, टाढा जानुपर्ने बाध्यात्मक अवस्थामा बिहान झुल्के घाममा टीका लगाउने चलन पहिलेदेखि नै दशैंको दिन जतिबेला पनि टीका लगाए हुन्छ भन्ने चलन

बिहान घाम झुल्केपछि विधिविधानपूर्वक मान्यजनबाट टीका ग्रहण गरेर टाढा रहेका मान्यजनको टीका थाप्न जान कुनै बाधा पर्दैन त्यसैले टीकाको साइतको दुविधा नपाले हुन्छ,’ नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा.डा. देवमणी भट्टराईले भने

अहिले कतिपयहरुलाई दशैंको दिन ढिलोगरी नेपाल आउन पाउने बाध्यता पनि बन्न सक्छ त्यस्तो अवस्थामा समेत साइत गुज्रिएकाले दुविधा पाल्नु पर्दैन जतिबेला भएपनि मान्यजनबाट टीकाप्रसाद ग्रहण गर्नु उपयुक्त हुन्छ

सम्बन्धित समाचार