२०८३ बैशाख १९ गते , शनिबार

अवरुद्ध बिपी राजमार्ग एकतर्फी खुल्यो

sajilo news
परिवेश मिडिया
२०८१ आश्विन २५ गते , शुक्रबार
अवरुद्ध बिपी राजमार्ग एकतर्फी खुल्यो

झापा सुख्खा पहिरो खसेर अवरुद्ध भएको बीपी राजमार्ग अहिले एकतर्फी सञ्चालन गरिएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको

कार्यालयका प्रमुख सुमन योगेशका अनुसार, पहिरो पन्छाएर शुक्रबार दिउँसो २ः३० बजेदेखि एकतर्फी यातायातका साधन सञ्चालनमा आएका छन् सुख्खा पहिरो झरिरहेकाले निकै नै सावधानी अपनाउन उनले आग्रह गरेका छन्

शुक्रबार बिहान करिब बजेतिर समयमा काभ्रेको रोशी गाउँपालिका वडा नं ११, पिप्लेमा माथिबाट सुख्खा पहिरो आएर राजमार्ग अवरुद्ध भएको थियो खोटाङबाट काठमाण्डौतर्फ आउँदै गरेको ना ६८१७ नम्बरको सुमोलाई सोही स्थानमा माथिबाट आएको सुख्खा पहिरोले पुरेको थियो

त्यस्तै, सिन्धुलीबाट काठमाण्डौतर्फ आउँदै गरेको बा. ४३५२ नम्बर बसलाई रोशी खोलाछेउ पुर्याएको थियो दुवै दुर्घटनामा कुनै पनि मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको

 

 

सम्बन्धित समाचार