मोटरसाइकल आपसमा ठोक्किँदा भण्डारीको मृत्यु
बिर्तामोड । बिहीबार राति दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परि भद्रपुर १० का आलोक भण्डारीको मृत्यु भएको हो ।
बिहीबार राति ९ः५० बजे भद्रपुर १० हनुमान चोकस्थित चारआली चन्द्रगढी सडक खण्डमा चारआलीबाट चन्द्रगढी तर्फ आउदै गरेको प्रदेश १-०१-०१४ प ९९३ नम्बरको मोटरसाईकल र विपरित दिशाबाट जादै गरेको मे ८ प २८३५ नम्बरको मोटरसाईकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा २४ बर्षीय आलोक गम्भीर घाइते भएका थिए । उनलाई उपचारको लागि ओमसाई अस्पताल भद्रपुरमा पठाईएकोमा पुर्याउन साथ चिकित्सकले चेकजाच गर्दा १०ः४३ बजे मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकोछ ।
सो मोटरसाइकलको पछाडी सवार भद्रपुर नगरपालिका वडा नम्बर १० बस्ने वर्ष २४ को बिपान्सु राउतको शरिरको बिभन्न भागमा चोट ओमसाई पाथीभरा अस्पताल भद्रपुरमा सामान्य उपचार पश्चात बिर्तासिटी अस्पताल पठाइएको र अवस्था सामान्य हुँदै गएको प्रहरीको भनाई छ ।
मे ८ प २८३५ नम्बरको मोटरसाईकल चालक भद्रपुर ८ बस्ने कबिराज गिरीको छोरा वर्ष २५ को संजिप गिरीको टाउको र शरिरको बिभिन्न भागमा चोट लागेको र गम्भीर अवस्थामा बीएण्डसी अस्पतालमा उपचार भइ रहेको प्रहरीले जनाएको छ ।