२०८३ बैशाख १९ गते , शनिबार

दशैँ विदामा नयाँ श्रम स्वीकृति दिन बन्द

sajilo news
परिवेश मिडिया
२०८१ आश्विन २३ गते , बुधबार
दशैँ विदामा नयाँ श्रम स्वीकृति दिन बन्द

काठमाण्डौ वैदेशिक रोजगारीमा जानका लागि दिइने श्रम स्वीकृति दशैँ बिदामा बन्द हुने भएको दशैँ बिदामा नयाँ श्रम स्वीकृति बन्द हुने तर, यसअघि नै डेट (टोकन) लिइसकेकाहरूको हकमा भने दिइने वैदेशिक रोजगार विभागले जनाएको

वैदेशिक रोजगार विभागका महानिर्देशक सूर्य बहादुर खत्रीले भोलीबाट नयाँ श्रम स्वीकृति नदिइने बताए दशैँपछि श्रम स्वीकृति दिन थालिने उनको भनाइ

यसअघि नै टोकन लिइसकेकाहरूको हकमा भने श्रम स्वीकृति दिने व्यवस्था मिलाइएको बताए दशैँ तिहार जस्ता चाडपर्वमासमेत नेपालीहरूको वैदेशिक रोजगारको यात्रा भने रोकिँदैन दशैँको टिकाकै दिन समेत सयौँको सङ्ख्यामा नेपालीहरूमा वैदेशिक रोजगारीमा जाने गरेका छन्

विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको साउन महिनामा वैदेशिक रोजगारीमा जान ५९ हजार ५७५ जनाले श्रम स्वीकृति लिएका थिए भने भदौमा ५७ हजार ४९३ जनाले श्रम स्वीकृति लिएका थिए

सम्बन्धित समाचार