२०८२ असार २ गते , सोमबार
कनकाई खबर सातौँ बर्षमा प्रवेश

बिर्तामोड । कनकाई खबर सातौँ बर्षमा प्रवेश गरेको छ । झापाको कनकाईबाट नियमित प्रकाशन हुँदै आएको कनकाई खबर बुधबारबाट सातौँ बर्षमा प्रवेश गरेको हो ।
अबको नेपाली पत्रकारिता सन्देश र जानकारीभन्दा पनि खोजमुलक हुनुपर्नेमा सम्पादक निरौलाले जोड दिएका छन् । खोज पत्रकारिताको विकाससँगै पत्रकारको सुरक्षा चुनौतीपनि उत्तिकै उत्तिकै बढेको उनी बताउँछन् ।
प्रिन्ट र अनलाईन दुवै माध्यमबाट सूचना र समाचार सम्प्रेषण गरिरहेको कनकाइ खबरले सञ्चार माध्यहरुको भीडमा अलग पहिचान बनाउन सफल भएको निरौलाको भनाई छ ।
बार्षिकोत्सवको अवसरमा कनकाई खबरलाई सहयोग गर्ने सबैप्रति सम्पादक÷प्रकाशक राम निरौलाले धन्यवाद दिएका छन् ।