२०८२ जेष्ठ १२ गते , आईतबार

अबरुद्ध राजदुवाली–इलाम सडक खुल्यो

sajilo news
परिवेश मिडिया
२०८१ आश्विन २२ गते , मंगलबार
अबरुद्ध राजदुवाली–इलाम सडक खुल्यो

बिर्तामोड निरन्तरको बर्षाका कारण अबरुद्ध बनेको मेची राजमार्ग अन्तर्गत राजदुवालीइलाम सडक खण्ड पाँच दिनपछि सञ्चालनमा आएको मेची राजमार्गको इलाम नगरपालिका स्थित माईखोला छेउमा चुँडिएको सडक पुनःनिर्माणपछि आज मङ्गलबार बेलुका बजेदेखि सञ्चालनमा आएको हो

अवरुद्ध राजमार्गको अवरोध हटाएपछि मङ्गलबारदेखि चार पाङ्ग्रे साना दुई पाङ्ग्रे सवारी साधन सञ्चालनमा ल्याएको जिल्ला प्रहरी प्रमुख (एसपी) प्रभुप्रसाद ढकालले बताए चार पाङ्ग्रे ठूला सवारी साधन मालवाहक साधन भने बुधबार दिउँसो सडकको अवस्था विचार गरेर मात्र सञ्चालनमा ल्याउने उनले बताए

राजमार्ग सञ्चालनमा आएसँगै बीच बाटोमा रोकिएका दर्जनौँ सवारी साधन गन्तव्यतर्फ लागेका छन् उनले राजमार्गअन्तर्गतको इलामराजदुवाली खण्डमा भएको सडक अवरुद्ध सबै सफा पारिसकिएको सवारी आवातजावत सहज भइरहेको बताए

चार दिनसम्म लागेर सडक डिभिजन कार्यालय इलामले बाटो खुलाएको हो पहिरोले चुँडाएको सडकमा ग्याबिङ जालीसहितको वाल लगाउनुका साथै माथिबाट खसेको पहिरो पन्छाएर बाटो खुलाएको हो

पहिरोले सडक चुँडिएपछि गत शुक्रबार दिउँसो बजेदेखि मेची राजमार्ग अवरुद्ध भएको थियो राजमार्ग अवरुद्ध भएपछि झापा, मोरङ सुनसरीदेखि इलाम, पाँचथर, ताप्लेजुङ आउजाउ गर्ने सयौँ सवारी साधन माईखोला वारी पारीबीच बाटोमै रोकिएका थिए माईखोला पारीका सवारी साधनले माईखोलासम्म यात्रु ल्याउने वारीका सवारी साधनले वारीसम्म यात्रु लैजाने गर्दै आएका थिए

उक्त सडकखण्ड अबरुद्ध बनेपछि बैकल्पिक मार्गको रुपमा सिमलगोलाईतिलकेनी सडकको स्तरोन्नतीको काम भएको भने केहि सवारी साधन फिक्कलनयाँबजारइलाम हुँदै गन्तव्यसम्म जान शुरु गरेका थिए

सम्बन्धित समाचार