२०८३ बैशाख १९ गते , शनिबार

जन्मदिनमा बीमा पोलिसी उपहार

sajilo news
परिवेश मिडिया
२०८१ आश्विन २२ गते , मंगलबार
जन्मदिनमा बीमा पोलिसी उपहार

बिर्तामोड समाजमा विभिन्न किसिमले जन्म दिन मनाउने गरिन्छ जन्मदिन मनाउने क्रममा हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीका एजेन्सी मेनेजर अनुषा वन गिरीले छोरालाई बीमा पोलिसी उपहार दिएकीछन्

मंगलबार जन्मदिन रहेको छोरा अशिम गिरीलाई बीमा पोलिसी उपहार दिएकी हुन् छोराको उच्च शिक्षाका लागि आफुले बीमा गरिदिएको अनुषाले बताइन् बीमाले आर्थिक रक्षावरण गर्नुका साथै भविष्यको लागि बचत हुने भएकाले छोराको जन्मदिनमा बिमा गरिदिएको उनको भनाई

अनुषाले ११ बर्षीय छोरा असिमलाई १० लाखको हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको अनमोल रत्न बाल सावधिक जीवन बीमा खरिद गरिदिएको बिर्तामोड शाखा प्रमुख बद्री भण्डारीले जानकारी दिए

इन्स्योरेन्स कम्पनीको बिर्तामोड शाखा कार्यालयमा आयोजित कार्यक्रमका बिच असिमलाई उक्त पोलिसी हस्तान्तरण गरिएको थियो

त्यस्तै बिर्तामोड निवासी शोभा श्रेष्ठले पनि मंगलबार नै आफ्नो जन्मदिनको अवसरमा २५ लाखको जीवन बीमा पोलिसी खरिद गरेकीछन् उनले हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको नारी जीवन बीमा योजना खरिद गरेको कम्पनीका मार्केटिङ एक्ज्युकेटिभ भिम खनालले जानकारी दिए उनलाई समेत सो कार्यक्रममा शाखा प्रमुख बद्रीप्रसाद भण्डारीले पोलीसी हस्तान्तरण गरेका थिए

भविष्यको लागि बचत हुनुका साथै सुरक्षित भविष्यका लागि बीमा पोलिसी खरिद गरेको श्रेष्ठले बताइन् उनीहरुलाई कम्पनीका भद्रपुर शाखा प्रमुख अखिलेश्वर बोहोराले शुभकामना दिएका थिए

कार्यक्रममा एजेन्सी मेनेजरहरु खिवराज दाहाल, सागर रिजाल, मीरा श्रेष्ठ, सपना संग्रौलालगायतको उपस्थिती रहेको थियो     

सम्बन्धित समाचार