२०८३ बैशाख १९ गते , शनिबार

समयमा अस्पताल पुर्याउन नसक्दा राईको ज्यान गयो

sajilo news
परिवेश मिडिया
२०८१ आश्विन २२ गते , मंगलबार
समयमा अस्पताल पुर्याउन नसक्दा राईको ज्यान गयो

बिर्तामोड इलाम नगरपालिका वडा नम्बर सुम्बेक निवासी सीता (दुर्गा) राईको समयमा अस्पताल पुर्याउन नसक्दा ज्यान गएको सर्पदंशका घाइते राईलाई समयमा चारआली स्थित सर्पदंश उपचार केन्द्रमा पुर्याउन नसक्दा ज्यान गएको हो

राईलाई आइतबार राति शौचालय जाने क्रममा ब्लाक हिमालयन करेत नामक विषालु सर्पले डसेको बताइएको उनलाई उपचारका लागि सर्पदंश उपचार केन्द्र चारआली ल्याइएपनि त्यहाँबाट बीएण्डसी अस्पताल पठाइएको थियो उनको उपचारको क्रममा निधन भएको वडाध्यक्ष गिरीराज रिजालले जानकारी दिए

आइतबार राति १०ः४५ बजे राईलाई सर्पले डसेको ११ बजे उपचारका लागि ल्याइएको तर सडकका कारण विहान बजेमात्र चारआलीस्थित सर्पदंश उपचार केन्द्रमा ल्याइपुर्याइएको वडाध्यक्ष रिजालले बताए

केहिदिन अघि आएको अबिरल बर्षाका कारण इलामराजदुवाली सडक खण्ड पूर्णरुपमा क्षति भएका कारण राईलाई माइजोगमाईस्थित नयाँबजारफिक्कल हुँदै झापा ल्याइएको बताइएको सो बाटो घुमाउरो केहि सडकखण्ड कच्ची भएकाले समयमा ४२ बर्षीया राईलाई उपचार केन्द्र पुर्याउन नसक्दा ज्यान गुमाउनु परेको  स्थानीयले बताएका छन्

राईको एक श्रीमान आठ बर्षीया छोरी रहेका छन्

 

सम्बन्धित समाचार