२०८३ बैशाख १९ गते , शनिबार

आजबाट हाम्रो यात्रा चौथो बर्षमा प्रवेश

sajilo news
परिवेश मिडिया
२०८१ आश्विन २१ गते , सोमबार
आजबाट हाम्रो यात्रा चौथो बर्षमा प्रवेश

न्यू मिडियाको विकास प्रविधिमा पाठकको बढ्दो पहुँचलाई मध्यनजर गरी अनलाईन पत्रकारितामार्फत नागरिकको सुसूचित हुने हकको सम्मान गर्दै हामीले शुरु गरेको यात्रा आजबाट तेस्रो बर्ष पूरा गरी चौथो बर्षमा प्रवेश गरेको

परिवेश डिजिटल मिडिया प्रालिद्वारा सञ्चालित यस परिवेश मिडियाले संविधानको कार्यान्वयन, यसको रक्षा, समावेशी समाजको निर्माण, सुशासन लोकतन्त्रको पक्षमा समाचार सम्प्रेषण गरिरहेको भ्रष्टाचार, दुराचार, अन्याय अत्याचारजन्य गतिविधि जसले समाजको विकासमा बाधा पुर्याइरहेका छन् त्यस्ता कृयाकलापको खोजमुलक रिपोर्ट सम्प्रेषण गरिरहेको छौँ

चौथो अंगको रुपमा मानिएको सञ्चार क्षेत्रले प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको आभाष हुन्छ मुलुक संघीयतामा गइसकेपछि महत्वपूर्ण संरचनाको रुपमा रहेको स्थानीय तह प्रतिपक्षविहिन हुन्छन् पछिल्लो तथ्याङ्कले सबैभन्दा बढी भ्रष्टाचार स्थानीय तहमा हुने गरेको देखाएको हामी त्यस्ता गतिविधीको खुलेर विरोध गरिरहेका छौँ त्यस्ता समाचारलाई प्राथमिकताका साथ पाठक माझ पुर्याइरहेका छौँ

तथ्यपरक समाचार पाठकमाझ अबिलम्ब पुर्याउनु हाम्रो ध्येय रहेको आवाजविहिनहरुको आवाजको रुपमा परिवेश मिडियालाई विकास गरिरहेका छौँ हामीलाई यहाँसम्म आउन सहयोग हौसला प्रदान गर्नुहुने प्रिय पाठकजन, विज्ञापनदाता, सम्पादन तथा व्यवस्थापन समूह सम्पूर्ण शुभेच्छुकहरु प्रति आभार व्यक्त गर्दछौँ     

सम्बन्धित समाचार