२०८३ बैशाख १९ गते , शनिबार

दुर्गा प्रसाईका समर्थकले जलाएका ट्रक चालकको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८१ आश्विन २० गते , आईतबार
दुर्गा प्रसाईका समर्थकले जलाएका ट्रक चालकको मृत्यु

बिर्तामोड दुर्गा प्रसाईले नेतृत्व गरेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका समर्थकले आगजनी गरेको भारतीय ट्रकका चालकको मृत्यु भएको चालक भारत इस्लामपुर बस्ने बर्ष ४० का पोदा रायको उपचारको क्रममा निधन भएको हो

दुर्गा प्रसाईलाई विद्युतीय कारोबार ऐन अन्तर्गत प्रहरीले पक्राउ गरेको विरोधमा प्रसाईका समर्थकहरुले असोज गते बिहान २ः४५ बजे बिर्तामोड गिरीबन्धु टी स्टेटस्थित पूर्वपश्चिम राजमार्गमा डब्लुबी ७३ ३०५६ नम्बरको भारतीय ट्रकमा आगजनी गरेका थिए सुनसरीको दुहबीबाट काँकडभिट्टातर्फ जाँदै गरेको खाली ट्रकलाई ५/ जनाको समूहले आगजनी गर्ने क्रममा चालक रायको दाहिने हातको पाखुरा ढाड जलेर सख्त घाइते भएका थिए उनको सिलिगुडीस्थित नर्थ बंगाल मेडिकल कलेजमा उपचारको क्रममा आइतबार निधन भएको प्रहरीले जनाएको

रायको शव नेपाल ल्याइसकिएको प्रादेशिक अस्पताल भद्रपुरमा पोष्टमार्टको क्रममा रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए

ट्रकमा लागेको आगो बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो आगलागीबाट ट्रकको अगाडिको भाग पूर्णरुपमा जलेर नष्ट भएको थियो भने पछाडिको भागमा आंशिक क्षति पुगेको प्रहरीले जनाएको

आपराधिक उपद्रव ज्यान मार्ने उद्योग अभियोगमा प्रहरीले महाअभियान अन्तर्गतको नागरिक प्रतिरक्षा बल (पीडीएफ)का सल्लाहकार हल्दिबारी बस्ने ५१ बर्षीय विरबहादुर गुरुङ, जिल्ला संयोजक हल्दिबारी स्थाई घर भई हाल बिर्तामोड बस्दै आएका ४० वर्षीय भिम तुम्बापो लिम्बु, सहसचिव बिर्तामोड बस्ने ३३ वर्षीय सुरेश चौधरीलाई, कोषाध्यक्ष अर्जुनधारा बस्ने ३८ बर्षीय रुद्र भुजेल, जिल्ला सदस्यहरु हल्दिबारी बस्ने २४ बर्षीय विवस लिम्बु, बुद्धशान्ति बस्ने १९ बर्षीय बलिहाङ माबो लिम्बु बिर्तामोड बस्ने ३५ बर्षीय उदय लिम्बुलाई पक्राउ गरेको सो घटनामा संलग्न भएको अभियोगमा प्रहरीले अन्य जनालाई पक्राउ गर्न अनुमति लिइसकेको जनाएको

महाअभियानका समर्थकहरुले सोहि राति ११ः१० बजे कनकाई स्थित पूर्वपश्चिम राजमार्गको बिरिङ खोलाको पुलमा बिर्तामोडबाट सुरुङ्गातर्फ जाँदै गरेको युपी ५७ एटी ४४९३ नम्बरको मालबाहक ट्रकमा समेत आगजनी गरेका थिए  प्लाइ बनाउन प्रयोग हुने कच्चा पदार्थ बोकेको ट्रकमा वटा मोटरसाइकलमा आएका १०/१२ जनाको समूहले ट्रकमा आगजनी गरी फरार भएका थिए आगजनीबाट ट्रकका चालक भारत सिलिगुडी बस्ने बर्ष ४० का कुमार महतोको दाहिने हातको पाखुरामा जलेर घाइते भएका थिए

सम्बन्धित समाचार