२०८३ बैशाख १९ गते , शनिबार
बिरिङ किनारमा मानव कंकाल फेला
बिर्तामोड । झापाको बाह्रदशी गाउँपालिका वडा नम्बर ७ स्थित बिरिङ खोला किनारमा एउटा मानव कंकाल फेला परेको छ । आइतबार उत्खननको क्रममा उक्त कंकाल फेला परेको हो ।
जेठ १५ गतेदेखि हराइरहेका बाह्रदशी–५ का २१ बर्षीय युवा राजेश ठाकुरको हत्या पछि गाडिएको आशंकामा प्रहरीले उत्खनन् गर्ने क्रममा उक्त कंकाल फेला परेको हो । यस अघि प्रहरीले ठाकुरको शव गाडिएको आशंकामा बाह्रदशी–६ स्थित एउटा घरमा उत्खनन् गरेको थियो । उत्खननको क्रममा नुनको खोल र हतियार फेला परेको बताइएको छ ।
पक्राउ परेकाहरुले दिएको क्लुका आधारमा प्रहरीले जेसीबी लगाएर उत्खनन् गर्ने क्रममा सो कंकाल फेला परेको बताइएको छ । स्रोतका अनुसार मृतकले लगाएको कपडाका आधारमा सो कंकाल ठाकुरको हुन सक्ने बताइएपनि एकिन भइसकेको छैन ।
हत्या अभियोगमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।