२०८३ बैशाख १९ गते , शनिबार

ताप्लेजुङ झापा सरोकार समाजमा सिटौला

sajilo news
परिवेश मिडिया
२०८१ आश्विन २० गते , आईतबार
ताप्लेजुङ झापा सरोकार समाजमा सिटौला

बिर्तामोड ताप्लेजुङ झापा सरोकार समाज विर्तामोड नगर समितिको दोस्रो अधिवेशनले तेजप्रसाद सिटौलालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको

समितिको विर्तामोडमा सम्पन्न अधिवेशनले अध्यक्षमा सिटौला, उपाध्यक्षत्रयमा देवीप्रसाद खरेल, तारा कार्की तारा चापागाईं चयन भएका छन्

त्यस्तै सचिवमा विष्णुप्रसाद थापा, सहसचिवमा प्रकाश भट्टराई कोषाध्यक्षमा पुष्पा प्रसाईं चयन भएको निर्वाचन समितिका संयोजक रुद्र सिटौलाले जानकारी दिए

समितिको सदस्यहरूमा हरि सिटौला, रत्नकुमार श्रेष्ठ, कृष्णकला खरेल, कमला कार्की, शेरबहादुुर मादेन भिमबहादुर मोक्तान, तामाङ रहेका छन् १९ सदस्यीय नगर कार्यसमितिमा प्रतिनिधित्व हुन नसकेका वडाबाट कार्यसमितिको बैठकले मनोनयन गर्ने बताइएको

नयाँ नेतृत्व चयनका लागि रुद्र सिटौलाको संयोजकत्वमा रेजिना गौतम लक्ष्मी खरेल सदस्य रहेको तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो

सम्बन्धित समाचार