२०८३ बैशाख १९ गते , शनिबार

झापाको ६ ठाउँमा सशस्त्र प्रहरीद्वारा सहायता कक्ष स्थापना

sajilo news
परिवेश मिडिया
२०८१ आश्विन १८ गते , शुक्रबार
झापाको ६ ठाउँमा सशस्त्र प्रहरीद्वारा सहायता कक्ष स्थापना

बिर्तामोड चाडपर्व लक्षित गरी सशस्त्र प्रहरी बल, नेपालले झापाका विभिन्न स्थानमा सहायता कक्ष (हेल्प डेस्क) स्थापना गरेको झापाको गौरीगञ्ज, टागनडुब्बा, घेराबारी, महेशपुर, भद्रपुर काँकरभिट्टामा सहायता कक्षा स्थापना गरिएको हो

काँकरभिट्टा नाका भएर पर्यटकसमेत आउने भएकाले सहायता कक्षसँगै पर्यटक सहायता कक्षसमेत राखिएको सशस्त्र प्रहरी बल नेपाल नं.  गण हेक्वा झापाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक कबिन्द्र राईले जानकारी दिए

चाडपर्वको बेला सीमा नाकाबाट आवतजावत गर्ने नागरिकहरूको सुरक्षा, सीमा क्षेत्रमा हुने अवैध गतिविधि, चोरी डकैती, लुटपाट जस्ता घटनाहरू हुन नदिन, अप्ठ्यारोमा परेका नागरिकलाई सहयोग गर्न हेल्प डेस्क राखिएको उनले बताए

दशैँ, तिहार तथा छठपर्व लगायतका चाडबाडका बेला सीमा नाकाबाट गन्तव्यतर्फ जाने आम नागरिकलाई सहज, सुरक्षित सम्मानजनक ढंगबाट यात्रा पूरा गर्ने व्यवस्था मिलाउन तथा आपतविपद्मा परेका नागरिकको उद्धार कार्यमा सहयोग पुर्याउने अभिप्रायले कक्ष राखिएको उनले बताए

सम्बन्धित समाचार