२०८३ बैशाख १९ गते , शनिबार
मोटरसाइकलको ठक्करबाट घाइते विष्टको निधन
बिर्तामोड । झापाको शिवसताक्षीस्थित दुधे–शिवगञ्ज सडकखण्डमा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते एक वृद्धाको मृत्यु भएको छ । शिवसताक्षी वडा नम्बर ११ की ७५ वर्षीया विष्णुमाया विष्टको उपचारको क्रममा शुक्रबार निधन भएको हो ।
बिहीबार साँझ विष्टलाई प्रदेश १–०३–००१प ४१५९ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी बिष्टलाई तत्काल उपचारका लागि बिएण्डसी अस्पताल बिर्तामोड ल्याइएको थियो । उनको उपचारको क्रममा आज बिहान १०ः३० बजे मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
दुर्घटनामा संलग्न मोटरसाइकल र सोका चालक गौरीगञ्जका प्रेमकुमार राजवंशीलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।