२०८३ बैशाख १९ गते , शनिबार

इजरायलमाथि इरानको सयौँ मिसाइल आक्रमण

sajilo news
परिवेश मिडिया
२०८१ आश्विन १८ गते , शुक्रबार
इजरायलमाथि इरानको सयौँ मिसाइल आक्रमण

काठमाण्डौ इरानले इजरायलमाथि झण्डै दुई सय मिसाइल आक्रमण गरेको

धेरै मिसाइललाई इजरायलले आकाशमै निष्कृय पारे पनि केही मिसाइल भने इजरायली भूमिमा खसेका छन् तर आक्रमणबाट इजरायलमा कति क्षति भयो भन्ने खुलेको छैन

इजरायली सेनाका अधिकारीहरुका अनुसार इरानको आक्रमण अहिले भने रोकिएको

इजरायलको विदेश मन्त्रालयले ट्वीट गरेर मंगलबार राति इरानले १८१ ब्यालेस्टिक मिसाइल आक्रमण गरेको जनाएको इजरायलका अनुसार यो आक्रमण वेष्टब्यांक क्षेत्रमा भएको एक आक्रमणबाट सडकमा हिँडिरहेका एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको इजरायलले यसको भिडियो नै सार्वजनिक गरेको

इजरायलमा यसै वर्ष इरानले गरेको यो दोस्रो आक्रमण हो गत अप्रिलमा भएको पहिलो आक्रमणभन्दा यो आक्रमण ठूलो हो बीबीसीका अनुसार गत अप्रिलमा इरानले इजरायलमा ११० ब्यालेस्टिक मिसाइल ३० क्रुज मिसाइलले आक्रमण गरेको थियो

इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी)ले जारी गरेको विज्ञप्ति अनुसार आफ्ना एक शीर्ष कमाण्डर मारिएको प्रतिरोध स्वरुप इजरायलमा आक्रमण गरिएको हो

इजरायलको आक्रमणबाट हालै हिजबुल्लाहका प्रमुख हसन नसरल्लाह गत हप्ता लेबनानको बेरुतमा आईआरजीसीका कमाण्डर अब्बास निलफोरोसनको मृत्यु भएको थियो

इरानको आक्रमणको इजरायलका सहयोगी देशहरुले आलोचना गरेका छन् फ्रान्स, जापान, अमेरिका, अष्ट्रेलिया, क्यानडाका लगायत देशहरुले इरानको आलोचना गरेका छन्

सम्बन्धित समाचार