२०८३ बैशाख १९ गते , शनिबार
ठाकुरको हत्यापछि घरभित्र पुरेको आशंकामा प्रहरीद्धारा उत्खनन
बिर्तामोड । बाह्रदशी-५ फुलबारी निवासी २१ वर्षीय राजेश ठाकुरको हत्यापछि गाडिएको आशंकामा प्रहरीले उत्खनन गरिरहेको छ । जेठ १५ गतेदेखि हराइरहेका ठाकुरको हत्यापछि शव पुरिएको हुन सक्ने आशंकामा बाह्रदशी-६ को एउटा घरमा प्रहरीले उत्खनन् गरिरहेको हो ।
ठाकुरलाई हत्या गरेर पुरिएको हुन सक्ने क्लु पाएको प्रहरीले उक्त घरको आगन र कोठामा उत्खनन् सुरु गरेको हो । घरको बरण्डामा शव गाडेर ढलान गरेको आशंकामा प्रहरीले अहिले उत्खनन गरिरहेको छ। घटनास्थलमा नुनका पोकाहरू र हतियार फेला परेको स्रोतले बताएको छ। घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले केही मानिसहरूलाई पक्राउ समेत गरेको बुझिएको छ।