२०८३ बैशाख १९ गते , शनिबार

इलाम झापा मैत्री समाजद्वारा दातालाई सम्मान

sajilo news
परिवेश मिडिया
२०८१ आश्विन १७ गते , विहीबार
इलाम झापा मैत्री समाजद्वारा दातालाई सम्मान

बिर्तामोड । इलाम झापा मैत्री समाजले स्थापना गरेको अक्षयकोषमा सहयोग गर्ने दाताहरूलाई सम्मान गरेको छ। बिहीबार बिर्तामोडमा चाडपर्व लक्षित शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम आयोजना गरी दाताहरूलाई सम्मान गरेको हो ।
समाजले संस्थाको गतिविधिलाई दिगो रुपमा सञ्चालन गर्न गतवर्षबाट अक्षयकोष स्थापना गरेको थियो ।
समाजले अक्षयकोषमा सहयोग गर्ने विशिष्ट अतिथी अक्षयकोषका दाता संस्थाका सल्लाहकार जयनारायण र अञ्जना ढुंगाना, जग्गादाता महेन्द्रकुमार थापा, गोपालप्रसाद तथा अञ्जु लामिछाने, जितेन्द्र बस्नेत, संगीता प्रसाई, रेशबहादुर बस्नेत, ताराप्रसाद कट्टेल, तारा उप्रेती, डम्बर बस्नेतसहित दाताहरूलाई प्रशंसा पत्रले सम्मान गरिएको थियो।
संस्थाको सांगठनिक गतिविधि समेटिएको श्रव्य दृश्य सामाग्री संस्थाका प्रेस संयोजक पुष्प खड्काले प्रस्तुत गरेका थिए भने कार्यक्रममा संस्थाकी आजीवन सदस्य नवगायिका सिता बस्नेतको एकल एल्वम ‘छोडपत्र’ बिमोचन गरिएको थियो । नव गायिका बस्नेत र सप्तक संगीत विद्यालयका संस्थापक अध्यक्ष सरोज वत्स दाहाललाई पनि प्रशंसा पत्रले सम्मान गरिएको थियो ।
बिर्तामोड नगर अध्यक्ष अन्जु लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगर, कोशी प्रदेशका सासंद यशोदा कायस्थ, मेची आँखा अस्पतालका अध्यक्ष जलकुमार गुरुङ, नेपाल पत्रकार महासंघ झापा जिल्ला उपाध्यक्ष केशव भट्टराई, संस्थाका पुर्व अध्यक्ष श्याम खड्गी, शिक्षासेवी एवम् सामाजिक व्यक्तित्व जयनारायण ढुंगाना, महेन्द्रकुमार थापा, मोहनकुमार मित्तल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
जिल्ला अध्यक्ष तिलोत्तमा खत्रीले स्वागत गरेको कार्यक्रम सचिव सागर रिजालले सञ्चालन गरेका थिए । कार्यक्रममा विभिन्न नृत्य साथै सप्तका संगीत विद्यालयका विद्यार्थीहरुले गायन प्रस्तुत गरेका थिए भने नौमती बाजाको समेत प्रस्तुती रहेको थियो । 

सम्बन्धित समाचार