२०८३ बैशाख १९ गते , शनिबार
हात्तीको जत्थाले आक्रमण गर्दा एक जनाको मृत्यु
बिर्तामोड । झापाको हल्दीबारीमा हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । हात्तीको आक्रमणबाट हल्दिबारी-३ का अन्दाजी ६०/६५ को वाङदी गुरुङको मृत्यु भएको हो ।
बिहीबार बिहान ९:०० बजे हल्दिबारी गाउँपालिका वडा नं.३ स्थित रणकाली सामुदायिक जंगलमा घांस काटेर फर्कने क्रममा गुरुङलाई ८/९ वटाको हुलमा आएको हात्तीले आक्रमण गरेको थियो । हात्तीको आक्रमणबाट गुरुङको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ।