२०८२ जेष्ठ १२ गते , आईतबार
कनकाई नदीमा बेवारिसे शव फेला

बिर्तामोड । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ७ स्थित कन्काई खोलामा बेबारिसे शव फेला परेको छ।
खोलाको बिच भागमा पुरुषको बेवारिसे शव फेला परेको भन्दै स्थानीयले सोमबार दिउँसो ३:३० बजे प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीका अनुसार गहुँ गोरो वर्ण, मझौला शरीर, अन्दाजी ५.५ फिट उचाइ भएको, खैरो कट्टु लगाएको र हेर्दा अन्दाजी ३५/४० वर्षको जस्तो देखिने शव फेला परेको हो । शरिर सुन्निएर गलेको अवस्थामा रहेको शवको तत्काल पहिचान खुली नसकेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी कृष्णकुमार चन्दले जानकारी दिए ।
कानुनी प्रकृया पुरा गरी शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको प्रहरीले जनाएको छ ।