२०८३ बैशाख १९ गते , शनिबार

दुर्गा प्रसाईँको बन्दीप्रत्यक्षीकरणको मुद्दा ‘हेर्न नमिल्ने’ मा

sajilo news
परिवेश मिडिया
२०८१ आश्विन १४ गते , सोमबार
दुर्गा प्रसाईँको बन्दीप्रत्यक्षीकरणको मुद्दा ‘हेर्न नमिल्ने’ मा

बिर्तामोड बीएण्डसी मेडिकल कलेजका सञ्चालक तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईको बन्दीप्रत्यक्षीकरण मुद्दाहेर्न नमिल्ने न्यायाधीशको इजलासमा पेसी परेको

सोमबार न्यायाधीशद्वय हरिप्रसाद फुयाल बालकृष्ण ढकालको इजलासमा परेको उक्त मुद्दा हेर्न नमिल्ने भएको हो यससँगै मुद्दाको अर्को सुनुवाइ मंगलबारका लागि तोकिएको

दुर्गा प्रसाईंलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै उनका छोरा निराजन प्रसाईंले बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दायर गरेका थिए

उक्त रिटमा असोज गते न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले उक्त रिटको प्रारम्भिक सुनुवाइ गर्दै विपक्षीको नाममा कारण देखाउ आदेश जारी गरेको  थियो

प्रसाईंलाई एक साताअघि प्रहरीले पक्राउ गरेको थियो   उनीविरुद्ध साइबर अपराधमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको

सम्बन्धित समाचार