२०८३ बैशाख १९ गते , शनिबार

झापामा बेपत्ता तीनै जनाको शव फेला

sajilo news
परिवेश मिडिया
२०८१ आश्विन १४ गते , सोमबार
झापामा बेपत्ता तीनै जनाको शव फेला

बिर्तामोड किस्ने खोलाले बगाएर बेपत्ता भएका झापा कमल गाउँपालिका वडा नम्बर बस्ने मुसे भनिने ३५ वर्षीय टिकाराम चौधरी तीन दिनपछि मृत फेला परेका छन्

प्रहरी टोली स्थानीयबासीले खोजतलास गर्नेक्रममा आज बिहान ८:३० बजे उनलाई मृत फेला पारिएको हो घटनास्थलदेखि करिव किलोमिटर दक्षिण सोही खोलाको बगरमा बालुवाले पुरिएको अबस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको

अविरल वर्षापछि आएको बाढीले शुक्रवार झापामा डुबेर तीन जना बेपत्ता भएका थिए जमुना खोलाले बगाएको दुई दिनपछि कचनकवलकी १५ वर्षीया बालिका नेहारिका राजवंशी हिजो मृत भेटिएकी थिइन् भने गौरीगञ्ज गाउँपालिका वडा नम्बर २ बगहाचौधरी वडा नम्बर को बेलडाँगी बिच सिमानामा रहेको किस्ने खोलाको पुलबाट हामफालेका केमालाल ताजुरियाको शव शनिवार साँझ भेटिएको थियो

सम्बन्धित समाचार