२०८३ बैशाख १९ गते , शनिबार
झ्याप्ले खोला पहिरो: तीन वटा बसबाट १७ जनाको शव निकालियो
धादिङ । काठमाण्डौ र धादिङको सिमाक्षेत्रमा पर्ने झ्याप्ले खोलामा पुरिएको तीन वटा बसबाट थप तीन जनाको शव निकालिएको छ । योसँग मृतकको संख्या १७ पुगेको छ ।
हिजो पहिरोले पुरिएको अवस्थामा लु.१ ज ४५७८ नम्बरको माइक्रोबसबाट ५ जना र अर्को बसबाट ९ जनाको शव निकालिएको थियो । आज उद्धारको क्रममा अर्को पनि बस पुरिएको अवस्थामा फेला परेको थियो भने सो बसबाट ३ जनाको शव निकालिएको जिल्ला प्रहरी परिसर काठमाण्डौका एसपी नवराज अधिकारीले बताए ।