२०८३ बैशाख १९ गते , शनिबार

कोशी ब्यारेजको पुलबाट आवागमन बन्द

sajilo news
परिवेश मिडिया
२०८१ आश्विन १२ गते , शनिबार
कोशी ब्यारेजको पुलबाट आवागमन बन्द

बिर्तामोड । कोशी ब्यारेजको पुलबाट मानिस तथा सवारी साधनको आवागमन बन्द गरिएको छ । अविरल वर्षाको कारण पानीको जल सतह बढेर खतराको तह पार गरेको भन्दै आवागमन बन्द गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी वेदराज फुयालले एक सूचना जारी गर्दै शनिबार ४ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि आवागमन बन्द गरिएको जनाएका छन् । सूचनामा अत्यावश्यक काम परेमा वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ।

सम्बन्धित समाचार