२०८३ बैशाख १९ गते , शनिबार

करेन्ट लागेर तीनजना घाइते एकको अवस्था गम्भीर

sajilo news
परिवेश मिडिया
२०८१ आश्विन १२ गते , शनिबार
करेन्ट लागेर तीनजना घाइते एकको अवस्था गम्भीर

बिर्तामोड । झापाको गौरदह नगरपालिका वडा नं १ मिलनचोकमा बिजुलीको पोलमा करेन्ट लाग्दा तीनजना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको छ ।
शनिबार दिउँसो १२:३० बजे स्थानीय ५३ वर्षीय कृष्णप्रसाद सुवेदीको घरको इन्टरनेटको तार  बिजुलीको पोलमा टाङने क्रममा अचानक करेन्ट लाग्दा कृष्णप्रसाद, स्थानीय लक्ष्मण आचार्यको छोरा बर्ष १८ को समिर आचार्य र निजकै भाई बर्ष १६ को सबिन आचार्य घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
घाइते मध्ये कृष्णप्रसादको अवस्था गम्भीर रहेको र उनको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको जिप्रका झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमारले जानकारी दिए । अनि तत्काल बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ।
अरु घाइते दमक खरखरेस्थित आम्दा अस्पतालमा उपचार हुदै गरेको र उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। 

सम्बन्धित समाचार