२०८३ बैशाख १९ गते , शनिबार

राहत र उद्धारमा लाग्न माओवादी केन्द्रको आग्रह

sajilo news
परिवेश मिडिया
२०८१ आश्विन १२ गते , शनिबार
राहत र उद्धारमा लाग्न माओवादी केन्द्रको आग्रह

बिर्तामोड नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश समितिले बाढी, पहिरो डुबानका कारण जनजीवन प्रभावित भएको भन्दै तीनै तहका सरकारलाई राहत उद्धारमा केन्द्रीत हुन आग्रह गरेको

माओवादीका अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो)ले एक विज्ञप्ति जारी गर्दै अविरल वर्षाको कारण आम मानिसको जनजीवन प्रभावित बनेको जनाएका छन् कोशीमा आधा दर्जन व्यक्तिहरुको बाढी पहिरोमा परी ज्यान गएको, जनाभन्दा बढी वेपत्ता भएको, कैयौं मानिसहरु घाइते भएको लाखौंको क्षति भएको बताउँदै उनले कैयौं मानिसहरु बाढी पहिरोको जोखिममा परी उद्धारको प्रतिक्षामा रहेको जनाएका छन् वेपत्ताको खोजी गर्न, उद्धार कार्यमा लाग्न राहत वितरणलाई चुस्त दुरुस्त बनाउन स्थानीय, प्रदेश संघ सरकारलाई आग्रह गर्दछौं,’ उनले जारी गरेको विज्ञप्तिमा उल्लेख , ‘यस विपदको घडीमा सरकारी निकायको समन्वयमा दुःख, पीडा समस्यामा परेका आम सर्वसाधारणको खोज, उद्धार राहत वितरणको कार्यमा जुट्न हाम्रो पार्टी कमिटी जनवर्गीय संगठनका सम्पूर्ण कमरेडहरुलाई आग्रह गर्दछौं

उनले अझै केही दिन मनसुन सक्रिय रहने भएकोले आम सर्वसाधरणलाई सुरक्षित स्थानमा रहन, नदी किनारमा नबस्न आफ्ना परिवारका सदस्यहरु वृद्धवृद्धा, बालबालिका, गर्भवतीहरुको सुरक्षामा विशेष ध्यान दिन अपिलसमेत गरेका छन्

सम्बन्धित समाचार