२०८३ बैशाख १९ गते , शनिबार

पाँचथरमा गएको पहिरोको कारण हाइड्रोपावरका कामदारको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८१ आश्विन १२ गते , शनिबार
पाँचथरमा गएको पहिरोको कारण हाइड्रोपावरका कामदारको मृत्यु

बिर्तामोड । अविरल वर्षासँगै गएको पहिरोमा परि पाँचथरमा थप एक जनाको मृत्यु भएको छ। शनिबार बिहान ५:४५ बजे गएको पहिरोमा पुरिएर फिदिम-१ सागबोटेमा १ जनाको मृत्यु भएको हो ।
राजकुमार नेम्बाङको घरमा डेरा लिई फुरूङ्गा हाईड्रो पावरमा काम गर्ने ५० वर्षीय गोपी विश्वकर्माको मृत्यु भएको प्रहरीले जनाएको छ।
सो पहिरोमा परी अन्य चारजना मानिसहरू बेपत्ता भएका छन् । फिदिम नगरपालिका-१ बस्ने बर्ष ५०/५१ को कृष्ण दास, निजको श्रीमती बर्ष ४०/४१ कि कमला दास, बर्ष ५५ को धन कुमार तुम्बापो र राजेश तुम्वापोको श्रीमती वर्ष २१ कि सरस्वती तुम्बापो बेपत्ता भएको प्रहरीले जनाएको छ । स्थानीयवासीको सहयोगमा उनीहरूको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले खोजी गरिरहेको प्रहरीले जनाएको छ।


सम्बन्धित समाचार