२०८३ बैशाख २० गते , आईतबार
आजबाट अग्रिम टिकट बुकिङ खुल्यो
बिर्तामोड । आजबाट दशैंका लागि लामो दूरीका यातायातमा अग्रिम टिकट बुकिङ खुला भएको छ । टिकट लिन शनिबार बिहानैदेखि नयाँ बसपार्क, काठमाण्डौमा यात्रु जम्मा भएका छन् ।
वर्षा भइरहे पनि यात्रुहरु झरीको प्रवाह नगरी टिकट लिन लाइन लागेका छन् । दशैँको मुखमा घर फर्कने यात्रुको चाप बढ्दा टिकट नपाइने समस्या हुन्छ । सवारी साधनको सहज व्यवस्थापनका लागि यात्रुबाहक सवारीमा घटस्थापनादेखि पूर्णिमासम्म रुट परमिट खुल्ला गर्नेपनि सरकारले निर्णय गरेको छ ।