२०८३ बैशाख २० गते , आईतबार
कचनकवलमा खोलाले मोटरसाइकल बगायो
बिर्तामोड । झापाको कचनकवल गाँउपालिकामा खोलाले मोटरसाइकल बगाएको छ । कचनकवल वडा नम्बर २ स्थित अमरखुट्टा खोला तर्ने क्रममा मोटरसाइकल बगाएको हो ।
शुक्रबार दिउँसो १२:२० बजे खोला तर्ने क्रममा प्र.१-०२-०५ प ६९७८ नम्बरको मोटरसाइकल बगाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार मोटरसाइकल चालक स्थानीय बर्ष २७ को रबिन भट्टराई सकुशल रहेका छन् । मोटरसाइकलको खोजतलास भई रहेको प्रहरीले जनाएको छ ।