२०८३ बैशाख १९ गते , शनिबार

मेला तथा महोत्सवमा जुवाजन्य खेल खेलाउन नपाइने

sajilo news
परिवेश मिडिया
२०८१ आश्विन ११ गते , शुक्रबार
मेला तथा महोत्सवमा जुवाजन्य खेल खेलाउन नपाइने

बिर्तामोड चाडपर्वको अवसरमा आयोजना गरिने विभिन्न महोत्सव, मेला तथा मनोरञ्जनात्मक कार्यक्रममा जुवाजन्य खेल खेलाउन नपाइने भएको विहीबार बसेको झापा जिल्लाको विपद् व्यवस्थापन समितिले त्यस्तो निर्णय गरेको हो

प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाको अध्यक्षतामा बसेको बैठकले यस अघि कार्यक्रमहरु आयोजना गर्दा आयोजकबीच विवाद, स्थानको विवाद, स्थानीय बासिन्दासँग विवाद, झैझगडा, ठगी, लैङ्गीक हिंसा जुवाजन्य गतिविधिहरू समेत हुने गरेको भन्दै आगामी दिनमा त्यस्तो गतिविधि हुन नदिने निर्णय गरेको हो

त्यस्ता कार्यक्रमहरु आयोजना गर्दा स्थानीय उत्पादनले बजार पाउने, स्थानीय कला संस्कृतिको संरक्षण हुने, रोजगारी सिर्जना हुने, जनचेतना अभिवृद्धि हुने खालका स्वस्थ्य मनोरञ्जनात्मक विवादरहित मेलामहोत्सवमात्र आयोजना गर्न दिने निर्णय गरेको त्यस्ता मेला महोत्सवहरु स्थानीय तहको सिफारिसमा अधिकतम दिनमात्र थप गर्न पाइने समेत निर्णय गरेको हो

जुवाजन्य गतिविधि हुन नदिन सुरक्षा निकायबाट कडाईका साथ अनुगमन गरि कारबाही गरिनेसमेत बैठकले निर्णय गरेको प्रमुख जिल्ला अधिकारी बास्तोलाले जानकारी दिए    

सम्बन्धित समाचार