२०८३ बैशाख १९ गते , शनिबार

अष्ट्रेलियामा नेपालभन्दा दशैँको टीका एक दिन ढिलो किन? हेर्नुहोस कारण

sajilo news
परिवेश मिडिया
२०८१ आश्विन १० गते , विहीबार
अष्ट्रेलियामा नेपालभन्दा दशैँको टीका एक दिन ढिलो किन? हेर्नुहोस कारण

झापा अष्ट्रेलियामा दशैंको टीका नेपालमाभन्दा एकदिन पछि परेको नेपालमा यही असोज २६ गते (१२ अक्टोबर) दशैंको टीका परेको भने अष्ट्रेलियामा २७ गते (१३ अक्टोबर) मा टीका रहेको अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले जनाएको

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिका सदस्यसचिव आचार्य लक्ष्मण पन्थीले भने, ‘अष्ट्रेलियामा विजया दशमी पर्वको दशमी तिथि उदयकालीन असोज २७ गते भएकाले २७ गते नै टीकाजमरा ग्रहण गर्नुपर्छ

दशैंमात्र नभई तिहारको लक्ष्मी पूजा पनि नेपालमा भन्दा अष्ट्रेलियामा एक दिन पछि रहेको अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले जनाएको नेपालमा लक्ष्मीपूजा कात्तिक १५ गते अर्थात् अक्टोबर ३१ तारिकमा भने अष्ट्रेलियामा कात्तिक १६ गते अर्थात् नोभेम्बर तारिकमा

तिथि टीकाको साइत तोक्दा स्थान विशेषको सूर्योदयको समयलाई समेत आधार मानिन्छ अहिले अष्ट्रेलियामा नेपालमा भन्दा एक दिन पछि दशमी तिथि पर्नुमा राजधानी क्यानबेराको सूर्योदय समयको आधारमा भनिएको हो

ज्योतिषका जानकारहरुका अनुसार सूर्य चन्द्रमाले तिथि बनाउँछन् सूर्य चन्द्रमा पश्चिमबाट पूर्वतर्फ गइरहेका हुन्छन् भने पृथ्वीमा रहेकाहरू पश्चिमबाट पूर्व गइरहन्छन् यसले गर्दा तीनवटा चिजको गति फरक पर्छ त्यसकारण नेपालमा रहने विदेशमा रहनेहरुले भोग्ने तिथि फरक फरक हुन्छ

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले अमेरिका, अष्ट्रेलिया लगायत देशका पञ्चाङ्ग (पात्रो) दशैंको टीकाको साइत सार्वजनिक गर्दै आएको यस वर्षको दशैंको टीकाको साइत सार्वजनिक हुन भने बाँकी

पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य समेत रहेका आचार्यका अनुसार कुन देशमा दशैंको टीकाको साइत कति बजे पर्छ भनेर शुक्रबार सार्वजनिक गरिने

पन्थीका अनुसार अष्ट्रेलियाको राजधानी क्यानबेरा, मेलबर्न, सिड्नी, एडिलेड, पर्थ, तास्मानिया सहित अमेरिका, भारत लगायतका विभिन्न शहरका लागि पनि छुट्टाछुट्टै साइत सार्वजनिक हुनेछ

नेपालमा भने यस वर्षको दशैंको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको

 

 

सम्बन्धित समाचार