२०८३ बैशाख २० गते , आईतबार

यातायात कार्यालय इटहरीबाट पक्राउ परेका १५ जनामाथि अनुसन्धान

sajilo news
परिवेश मिडिया
२०८१ आश्विन ९ गते , बुधबार
यातायात कार्यालय इटहरीबाट पक्राउ परेका १५ जनामाथि अनुसन्धान

बिर्तामोड यातायात व्यवस्था कार्यालय इटहरीमा सवारी चालक अनुमति पत्र बनाउने कार्यमा शंकास्पद गतिविधी गरेको सूचनाका आधारमा पक्राउ परेकाहरु मध्ये १५ जनालाई प्रहरीले अनुसन्धानको लागि हिरासतमा राखेको

सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीको नेतृत्वमा गएको विशेष टोलीले शंकास्पद गतिविधी गरिरहेको अवस्थामा १७ जना विचौलियालाई पक्राउ गरेको थियो पक्राउ परेकाहरु मध्ये प्रारम्भिक अनुसन्धानबाट १५ जनालाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरीले जनाएको

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक नविन भण्डारीका अनुसार निम्न व्यक्तिहरुलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय इटहरीको हिरासतमा राखिएको छ :

१. जिल्ला धनकुटा घनकुटा नगरपालिका घर भइ इटहरी उपमहानगरपालिका १३ शान्ति चोक बस्ने बर्ष २४ को सपुन राई

२. जिल्ला सुनसरी इटहरी उपमहानगरपालिका १२ खनार बस्ने बर्ष २४ कि मनिका गिरी

३. जिल्ला सुनसरी इटहरी उपमहानगरपालिका बस्ने बर्ष २५ को सन्दिप श्रेष्ठ

४. जिल्ला सप्तरी राजगढ गाउँपालिका घर भइ हाल इटहरी उपमहानगरपालिका मा डेरा गरी बस्ने बर्ष ४४ को पर्शुराम साह

५. जिल्ला उदयपुर त्रियुगा नगरपालिका घर भइ हाल इटहरी मा डेरा गरी बस्ने बर्ष १९ को महेश राई

६. जिल्ला सुनसरी इटहरी उपमहानगरपालिका बस्ने बर्ष ३४ को देवेन्द्र बस्नेत

७. जिल्ला मोरङ बुढिगंगा  गाउँपालिका   टंकीसिनवरी बस्ने बर्ष ३२ को शुसिल साह

८. जिल्ला उदयपुर त्रियुगा नगरपालिका भुल्के घर भइ इटहरी उपमहानगरपालिका बस्ने बर्ष २३ को संयोग राई

९. जिल्ला सुनसरी इटहरी उपमहानगरपालिका बस्ने बर्ष ३७ कि प्रगती खतिवडा

१०. जिल्ला सुनसरी रामधुनी नगरपालिका बस्ने बर्ष ३८ को किरणकुमार चौधरी

११. जिल्ला मोरङ रंगेली बस्ने बर्ष ३३ को दुर्गाप्रसाद भट्टराई

१२. जिल्ला सुनसरी इटहरी उपमहानगरपालिका बस्ने बर्ष ३९ को  मदन बास्तोला

१३. जिल्ला सुनसरी इटहरी उपमहानगरपालिका बस्ने बर्ष १९ को सफल राई

१४. जिल्ला सुनसरी इटहरी उपमहानगरपालिका  बस्ने बर्ष १९ को अजित खवतरी बस्नेत

१५. जिल्ला भोजपुर घर भइ इटटहरी वडा २० बस्ने बर्ष ३६ को युवराज तामाङ

यसअघि इटहरी बस्ने बर्ष ३९ को टेकबहादुर अधिकारी झापा शिवसताक्षी नगरपालिका वडा नम्बर ११ बस्ने ४० बर्षीय अरुण पोदारसमेत पक्राउ परेका थिए

सम्बन्धित समाचार