२०८३ बैशाख १९ गते , शनिबार

यातायात कार्यालय इटहरीबाट १७ विचौलिया पक्राउ

sajilo news
परिवेश मिडिया
२०८१ आश्विन ९ गते , बुधबार
यातायात कार्यालय इटहरीबाट १७ विचौलिया पक्राउ

बिर्तामोड यातायात व्यवस्था कार्यालय इटहरीको कार्यालय परिसरमा बुधबार प्रहरीले छापा मारेर बिचौलियाहरुलाई पक्राउ गरेको

कार्यालय बाहिरबाट बिचौलियाले अत्यधिक दुःख दिने गरेको गुनासो आएपछि सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीसहितको टोलीले यातायात कार्यालयमा अनुगमन गरेको थियो

सेवा लिन आउने ग्राहकसँग अतिरिक्त पैसा असुल्ने कार्यालयका महत्वपूर्ण कागजात लेखापढी सेन्टरको सटरमा र्पुयाएर मिलेमतो गर्ने १७ जना बिचौलियालाई पक्राउ गरेको सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी बेदराज फुयाँलले जानकारी दिए

पक्राउ पर्नेमा यातायात कार्यालय बाहिर फोटोकपी लगायतका पसल थापेर बस्ने बिचौलियाहरू रहेको इटहरी प्रहरीले जनाएको उनीहरुमध्ये कतिपय आफूलाई डाक्टर भन्दै चिनाउने पनि रहेको प्रशासनले जनाएको उनीहरुमाथि थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक नविन भण्डारीले जानकारी दिए

सम्बन्धित समाचार