२०८३ बैशाख १९ गते , शनिबार
चट्याङ लागेर दुई जनाको मृत्यु
बिर्तामोड । मोरङको छुट्टाछुट्टै स्थानमा चट्याङ लागेर २ जनाको मृत्यु भएको छ । चट्याङ लागेर साक्रो हेमरम र कुमार मोतेको मृत्यु भएको हो ।
मंगलबार दिउँसो साढे १२ बजे रंगेली नगरपालिका–९ का लुखीराम हेमरमको श्रीमती २७ बर्षीया साक्रो खेतमा घाँस काट्दै गरेको अवस्थामा चट्याङले लाग्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै मंगलबार राति १० बजे मिक्लाजुङ गाउँपालिका–३ मा घर बनाउन मिस्त्रीको रुपमा गएका झापा दमक नगरपालिका–४ का ३६ बर्षीय कुमार मोते घर बाहिर उभिएको अवस्थामा चट्याङले लागी घाईते भएको र उपचारको लागि दमक अस्पताल लगिएकोमा अस्पताल र्पुयाउनासाथ मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।