२०८३ बैशाख १९ गते , शनिबार

दशैमा यातायात :  अग्रिम टिकट असोज १२ देखि, घटस्थापनादेखि पुर्णिमासम्म रुट परमिट खुला

sajilo news
परिवेश मिडिया
२०८१ आश्विन ८ गते , मंगलबार
दशैमा यातायात :  अग्रिम टिकट असोज १२ देखि, घटस्थापनादेखि पुर्णिमासम्म रुट परमिट खुला

बिर्तामोड दशैंका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ आगामी शनिबार (१२ असोज) देखि खुल्ने भएको

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलका अनुसार मंगलबार यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको नेतृत्वमा बसेको सरोकारवालाको बैठकले सो निर्णय गरेको हो

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला हुने भएको बुधबार यातायात व्यवस्था विभागमा बसेको सरोकारवालाको बैठकले घटस्थापनादेखि रुट परमिट खुला गर्ने निर्णय गरेको हो

विभागका अनुसार यात्रुबाहक सवारी साधनलाई घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर लागु हुने गरी रुट परमिट खुला गरिने

तर, कुनै बाटोको विशेष प्रकृतिका कारण बाटोमा चल्न निषेध गरिएका आकारप्रकारका सार्वजनिक सवारीसाधनको बन्देज भने कायमै रहने भएको

अत्यावश्यक बाहेक मालबाहक सवारी साधनमा रोक

अत्यावश्यक बाहेक ट्रेलरलगायत मालसामान ढुवानी गर्ने ठूला सवारीसाधन १७ असोज (घटस्थापना) देखि पूर्णिमासम्म चलाउन नपाइने भएको विभागका अनुसार १७ असोजदेखि कात्तिकसम्म नारायणगढकाठमाण्डौ रुटमा ठूला मालवाहक सवारी साधन चलाउन रोक लगाइएको

सरकारले सार्वजनिक यातायातलाई व्यवस्थित सुरक्षित गर्न यस्तो निर्णय गरेको यातायात व्यवस्था विभागले जनाएको खाद्यान्न लगायत अत्यावश्यक सामान बोकेका ढुवानीका सवारी साधनलाई भने चलाउन दिइने

सम्बन्धित समाचार