२०८३ बैशाख १९ गते , शनिबार

वीर अस्पतालबाट डिस्चार्ज भएका प्रसाईलाई सर्वोच्चले थुनामुक्त गर्ने आदेश दिएन

sajilo news
परिवेश मिडिया
२०८१ आश्विन ८ गते , मंगलबार
वीर अस्पतालबाट डिस्चार्ज भएका प्रसाईलाई सर्वोच्चले थुनामुक्त गर्ने आदेश दिएन

काठमाण्डौ । सर्वोच्च अदालतले बीएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईँलाई थुनामुक्त गर्ने आदेश दिन अस्वीकार गरेको छ । प्रसाईको गिरफ्तारीविरुद्ध उनका छोरा निराजन प्रसाईँले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएका थिए ।
सर्वोच्चका न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले प्रसाईँको गिरफ्तारीविरुद्ध परेको रिटमा सुनुवाई गर्दै थुनामुक्तको आदेश दिन इन्कार गरेको हो । सो रिटमा सरकारको नाममा कारण देखाउ आदेश भने जारी भएको छ ।
प्रसाईंलाई आइतबार दिउँसो उनकै निवासबाट प्रहरीले पक्राउ गरेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय सदस्य ज्वाला संग्रौलाको उजुरीको आधारमा प्रसाईंलाई अदालतको अनुमति लिएर  प्रहरीले पक्राउ गरेको हो । उनलाई अदालतले तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
उच्च रक्तचाप र मुटु सम्बन्धी समस्या देखिएपछि वीर अस्पतालमा भर्ना गरिएका प्रसाईंलाई डिस्चार्ज गरिएको छ। प्रसाईलाई प्रहरीले अनामनगरस्थित सिंहदरबार वृत्तको हिरासतमा राखिने जनाएको छ । 

सम्बन्धित समाचार