२०८३ बैशाख १९ गते , शनिबार

इलामको सन्दकपुरमा श्रीमान श्रीमती मृत फेला

sajilo news
परिवेश मिडिया
२०८१ आश्विन ८ गते , मंगलबार
इलामको सन्दकपुरमा श्रीमान श्रीमती मृत फेला

इलाम जिल्लाको सन्दकपुरमा एक दम्पती मृत फेला परेका छन् श्रीमानले श्रीमतीको हत्या गरी आफूले आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको

सन्दकपुर भित्ते बस्ने वर्ष अन्दाजी ४६ का उजबहादुर राई उनकी श्रीमती वर्ष अन्दाजी ४० की फुलमाया राई मृत फेला परेका हुन् घरदेखि अन्दाजी १५ मिटर दक्षिणमा रहेको गोरेटो बाटोमा फेला परेकी फुलमायाको टाउकोको पछाडि भागमा गहिरो चोट रहेको भने उजबहादुर उक्त घटनास्थलदेखि अन्दाजी ५० मिटर दक्षिण खोल्सामा रहेको निवाराको रुखको हाँगामा प्लाष्टिकको डोरीको पासो लगाई झुन्डिएको अवस्थामा फेला परेका थिए

अजबहादुर फुलमाया मात्र घरमा बस्ने गरेका थिए उनीहरुका जेठा छोरा वैदेशिक रोजगारमा रहेका छन् भने कान्छा छोरा रोजगारकै क्रममा फिक्कलमा छन् घटनाबारे अनुसन्धान भइरहेको इलाम प्रहरीले जनाएको

 

सम्बन्धित समाचार