२०८३ बैशाख १९ गते , शनिबार
मोटरसाइकल दुर्घटनाका घाइते श्रेष्ठको निधन
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर २ बेलडाँगी बस्ने ६५ वर्षीय कमलप्रसाद श्रेष्ठको निधन भएको छ। मोटरसाइकल दुर्घटनाबाट घाइते भएका श्रेष्ठको उपचारको क्रममा आज बिहान निधन भएको हो।
साउन २३ गते बेलुका अन्दाजी ७:१० बजे बिर्तामोड नगरपालिका वडा नम्बर २ चारपानेस्थित भित्री सडकखण्डमा बिर्तामोडबाट बेलडांगीतर्फ जाँदै गरेको मे ९ प ७०१४ नम्वरको १३५ सिसिको मोटरसाईकलले साईकलयात्री श्रेष्ठलाई ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट श्रेष्ठको दुवै खुट्टामा चोट लागेको थियो । तत्काल मध्यम अवस्थाका श्रेष्ठको बिर्तासिटी अस्पतालमा उपचार भइरहेकोमा आज बिहान ६:४५ बजे निधन भएको प्रहरीले जनाएको छ। मोटरसाईकल चालक बाह्रदशी गाँउपालिका वडा नम्बर २ बस्ने वर्ष २५ को गणेश राजवंशीको दाहिने हात र खुट्टामा सामान्य चोट लागेको थियो ।