२०८३ बैशाख १९ गते , शनिबार

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८१ आश्विन ८ गते , मंगलबार
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

बिर्तामोड झापाको बिर्तामोड नगरपालिका वडा नम्बर स्थित कुमारी चोकमा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको

मोटरसाइकलको ठक्करबाट बिर्तामोड बुट्टाबारी निवासी ६२ बर्षीय यामबहादुर लिम्बुको मृत्यु भएको प्रहरीले जनाएको सोमबार साँझ बजे चारआलीबाट बिर्तामोडतर्फ आउँदै गरेको प्र ०१०१३ २८०९ नम्बरको मोटर साईकलले पैदल यात्री लिम्बुलाई ठक्कर दिएको थियो मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते लिम्बुको बीएण्डसी अस्पतालमा उपचार भइरहेकोमा मंगलबार विहान २:४० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए

मोटरसाइकल चालक बुद्धशान्ति बस्ने ३२ बर्षीय विकास लिम्बुलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको    

सम्बन्धित समाचार