२०८३ बैशाख १९ गते , शनिबार

झापामा बन्द प्रभावहीन, दुई वटा भारतीय ट्रकमा आगजगी

sajilo news
परिवेश मिडिया
२०८१ आश्विन ७ गते , सोमबार
झापामा बन्द प्रभावहीन, दुई वटा भारतीय ट्रकमा आगजगी

बिर्तामोड झापामा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानले आह्वान गरेको यातायात बन्द प्रभावहीन बनेको

बिहानैदेखि लामो तथा छोटो दुरीको सवारीसाधन निर्वाध सञ्चालन भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको अप्रिय घटना हुन नदिन सुरक्षा व्यवस्था कडा बनाइएको जिप्रका झापाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए

बिएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंलाइ विद्युतीय कारोबार ऐन अन्तर्गत साइबर व्युरोको टोलीले आइतबार भक्तपुरबाट पक्राउ गरेपछि उनले सञ्चालन गरेको महाअभियानले झापामा यातायात बन्दको आह्वान गरेको थियो सम्भावित दुर्घटना हुन नदिन प्रहरीले आइतबार बेलुका महाअभियानका संयोजक रामचन्द्र मैनाली नागरिक प्रतिरक्षा बलका झापा इञ्चार्ज दुरेन राईलाई नियन्त्रणमा लिएको

यता महाअभियानका समर्थकहरुले दुईवटा भारतीय ट्रकमा आगजनी गरेका छन् आइतबार राति ११ः१० बजे कनकाई स्थित पूर्वपश्चिम राजमार्गको बिरिङ खोलाको पुलमा बिर्तामोडबाट सुरुङ्गातर्फ जाँदै गरेको युपी ५७ एटी ४४९३ नम्बरको मालबाहक ट्रकमा प्रसाईका समर्थकहरुले आगजनी गरेका छन् प्लाइ बनाउन प्रयोग हुने कच्चा पदार्थ बोकेको ट्रकमा वटा मोटरसाइकलमा आएका १०÷१२ जनाको समूहले ट्रकमा आगजनी गरी फरार भएका थिए बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा इलाका प्रहरी कार्यालय बिर्तामोड सुरुङ्गाबाट खटिएको संयुक्त प्रहरी टोलीले राति ११ः५५ बजे आगो पूर्ण रुपमा नियन्त्रणमा लिएको थियो ट्रकमा भएको आगजनीबाट अगाडिको भागमा क्षति पुगेको

त्यस्तै पछाडिको भागमा समेत सामान्य क्षति पुगेको ।साथै, ट्रकमा भएको आगजनीबाट सोही ट्रकका चालक भारत सिलिगुडी बस्ने बर्ष ४० का कुमार महतो दाहिना हातको पाखुरामा जलेर घाइते भएका छन् उनको बीएण्डसी अस्पतालमा उपचार भइरहेको

त्यस्तै प्रसाईका समर्थकहरुले बिहान २ः४५ बजे बिर्तामोड गिरीबन्धु टी स्टेटस्थित पूर्वपश्चिम राजमार्गमा डब्लुबी ७३ ३०५६ नम्बरको अर्को भारतीय ट्रकमा समेत आगजनी गरेका छन् सुनसरीको दुहबीबाट काँकडभिट्टातर्फ जाँदै गरेको खाली ट्रकलाई जनाको समूहले आगजनी गरेका हुन् ट्रकमा लागेको आगो बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो आगलागीबाट ट्रकको अगाडिको भाग पूर्णरुपमा जलेर नष्ट भएको भने पछाडिको भागमा आंशिक क्षति पुगेको प्रहरीले जनाएको साथै, आगलागीबाट ट्रकका चालक भारत इस्लामपुर बस्ने बर्ष ४० का पोदा रायको दाहिने हातको पाखुरा ढाड जलेर घाइते भएकोमा उनलाई बीएण्डसी अस्पतालमा लगेर उपचार गरिएको थियो चालक राय भारतमै उपचार गर्ने भन्दै भारततर्फ गएको बिर्तामोड प्रहरीका डीएसपी प्रकाश विष्टले बताए

त्यसयता कुनैपनि अप्रिय घटना नभएको प्रहरीले जनाएको

सम्बन्धित समाचार