२०८३ बैशाख १९ गते , शनिबार
व्यवसायी दुर्गा प्रसाईं पक्राउ, प्रधानमन्त्री ओलिप्रति आक्रोश व्यक्त
बिर्तामोड । झापास्थित बीएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई भक्तपुरस्थित उनको घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
असोज २ गते जिल्ला अदालत काठमाण्डौले प्रसाईंलाई पक्राउ गर्न अनुमति दिएको थियो । उनीबिरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गत साइबर ब्युरोमा जाहेरी दर्ता भएको छ ।
पक्राउको क्रममा प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आक्रोश व्यक्त गरेका छन् । उनले एक थोपा रगत भइन्जेलसम्म पनि ओलीसँग लड्ने भन्दै आक्रोश व्यक्त गरेका हुन् । पक्राउको क्रममा उनले भ्रष्टाचारीलाई जस्तो नगर्न भन्दै प्रहरीसँग वादविवाद गरेका थिए ।