२०८३ बैशाख १९ गते , शनिबार

बिर्तामोड नगर अस्पताललाई मुटुमा विद्युतीय झट्का दिने मेसिन हस्तान्तरण

sajilo news
परिवेश मिडिया
२०८१ आश्विन ५ गते , शनिबार
बिर्तामोड नगर अस्पताललाई मुटुमा विद्युतीय झट्का दिने मेसिन हस्तान्तरण

बिर्तामोड । झापाको बिर्तामोड नगर अस्पताललाई मुटुमा विद्युतीय झट्का दिने मेसिन (डिफिब्रिलेटर) हस्तान्तरण गरिएको छ । अमेरिकाको टेक्सासस्थित टेरी मिकेस्का फाउण्डेशनले सो मेसिन हस्तान्तरण गरेको हो ।
फाउण्डेशनका प्रमुख टेरी मिकेस्काले नगर प्रमुख तथा अस्पताल व्यवस्थापन समिति अध्यक्ष पवित्रा महतारा प्रसाईंलाई आज मेशिन हस्तान्तरण गरेका हुन् ।
डिफिब्रिलेटर मुटुको धड्कन नभएको अवस्थामा विद्युतीय झड्का दिन प्रयोग गरिने मेसिन हो ।
फाउण्डेसनका अनुसार उक्त मेशिन ६ हजार अमेरिकी डलरमा खरिद गरिएको अस्पताल प्रशासन प्रमुख टिका अधिकारीले जानकारी दिए ।
मेसिन ग्रहण गर्दै नगर प्रमुख प्रसाईले नगर अस्पतालमा भएको आवश्यकतालाई महसुस गरेर डिफिब्रिलेटर प्रदान गरेकोमा टेरी मिकेस्का फाउण्डेसनलाई धन्यवाद दिइन् । 
फाउण्डेसन प्रमुख टेरी मिकेस्कालाई नगरप्रमुख प्रसाई र उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले सम्मान स्वरुप प्रशंसा पत्र प्रदान गरेका थिए ।
सो अवसरमा अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डा. आयन अधिकारी, टेरी मिकेस्का फाउण्डेसनका प्रमुख टेरी मिकेस्का, अस्पताल व्यवस्थापन समिति सदस्य अर्जुन पाठकले आफ्ना धारणा राखेका थिए । अस्पताल र टेरी मिकेस्का फाउण्डेशन बीच बिर्तामोड ३ का दुर्गा काफ्ले र राजन काफ्लेले समन्वय गराएका थिए।

सम्बन्धित समाचार