२०८३ बैशाख २० गते , आईतबार

नेपाल पत्रकार महासंघको निर्वाचन कार्यक्रम स्थगित

sajilo news
परिवेश मिडिया
२०८१ आश्विन ४ गते , शुक्रबार
नेपाल पत्रकार महासंघको निर्वाचन कार्यक्रम स्थगित

बिर्तामोड नेपाल पत्रकार महासंघको निर्वाचन अन्तर्गत आजको लागि तय भएको उम्मेदवार मनोनयन कार्यक्रम अन्तिम समयमा आएर स्थगित गरिएको निर्वाचन समितिले अर्को सूचना नआएसम्म उम्मेदवार मनोनयन कार्यक्रम स्थगित भएको जानकारी दिएको हो

समितिले एक सूचना जारी गर्दै भनेको नेपाल पत्रकार महासंघको केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला शाखा, प्रतिष्ठान शाखा, संस्थागत शाखाको २०८१ साल असोज १२ गते तोकिएको निर्वाचन सम्पन्न गर्नको लागि निर्वाचन कार्यक्रम प्रकाशन गरिएको विदितै निर्वाचनको कार्यक्रम अन्तरगत उम्मेदवारको मनोनयन दर्ता गर्नको लागि २०८१ असोज गते मिति तोकिएकोमा नेपाल पत्रकार महासंघबाट प्राप्त पत्र अनुसार २०८१ असोज गतेको उम्मेदवारको मनोनयन दर्ता लगायतका कार्य तालिकामा समावेश कार्यक्रम अर्को सूचना जारी नभए सम्मको लागि स्थगित गरिएको जानकारी गराइन्छ

महासंघले सदस्यता शुद्धिकरण मापदण्ड तय गरी कार्यान्वयनलाई अगाडी बढाएपछि विवाद हुँदै आएको महासंघको २७औँ अधिवेशनले पहिलो पटक जेठ २६ गतेका लागि निर्वाचन मिति तय गरेको थियो  

नेपाल पत्रकार महासंघले तोकेको मिति समयमा निर्वाचन सम्पन्न गर्न प्रतिबद्ध रहेको निर्वाचन समितिले उल्लेख गरेको

नेपाल पत्रकार महासंघको विधानको धरा ३५ मा निर्वाचन समिति कार्यविधिको व्यवस्था रहेको धारा ३५ को उपधारा मा हरेक तेस्रो वर्षमा निर्वाचन हुने व्यवस्था औचित्य पुष्टि हुने गरी विशेष अवस्था उत्पन्न भएमा केन्द्रीय समितिले वर्ष पुगेको दिनदेखि पहिलो पटक बढमिा महिना भित्र निर्वाचनका लागि अर्को दिन तोक्ने व्यवस्था

यसरी मिति तोक्दा पनि विविध कारणले काबु बाहिरको अवस्था सिर्जना भई निर्वाचन गर्न असम्भव भएमा प्रदेश जिल्ला अध्यक्ष सम्मिलित राष्ट्रिय भेला आयोजना गरेर त्यसै भेलाको निर्णयबाट समितिले गरेका काम कारवाहीबारे आवश्यक निर्णय गर्नुका साथै बढमिा महिनाभित्र निर्वाचन गर्ने गरी मिति तोकिने व्यवस्था

यतिबेला समयमा निर्वाचन गराउन नसकेको भन्दै अध्यक्ष विपुल पोख्रेलले राजिनामा दिएपछि त्यसैलाई आधार बनाएर महासंघले प्रदेश तथा जिल्ला अध्यक्षहरुको भेला गराउने तर्फ लागेको यस अघि निर्वाचन समितिले प्रकाशन गरेको मतदाता नामावलीमा त्रुटि भएको भन्दै निर्वाचन स्थगित गरेर भेला बोलाउनु पर्ने भन्दै ५६ जिल्लाका अध्यक्षहरुले संयुक्त विज्ञप्ति जारी गरेका थिए

सम्बन्धित समाचार