२०८३ बैशाख २० गते , आईतबार
बिर्तामोडमा भेटिएको शव मागी खाने महिलाको, पहिचान खुल्न बाँकी
बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर ६ बुट्टाबारीस्थित गिरिबन्धु चिया बगान छेउमा मृत अवस्थामा भेटिएकी महिला मागी खाँदै हिँड्ने गरेको खुलेको छ।
बुधबार दिउँसो ४ बजे अन्दाजी ४५-५० वर्ष उमेर कि मंगोलियन अनुहार भएकी महिला सो स्थानमा मृत अवस्थामा फेला परेकी थिइन् । आज बिहान समेत उनी सोस्थान वरपर माग्दै हिँडेको स्थानीयलाई उदृत गर्दै इलाका प्रहरी कार्यालय अनारमानीले जनाएको छ। प्रहरीका अनुसार उनको पहिचान भने खुल्न बाँकी रहेको छ । मृत्युको कारण नखुलेपनि शरीरको बाहिरी भागमा कहीँकतै चोटपटक नभएको ईप्रका अनारमनीका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश बिष्टले जानकारी दिए। उनको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको उनले बताए ।