सशस्त्र प्रहरीद्वारा दुई जना लागूऔषध कारोबारी पक्राउ
बिर्तामोड । सशस्त्र प्रहरी बल नेपालले लागूऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । कमल गाँउपालिका–७ बस्ने बर्ष २५ को सन्देश लिम्बु र सोहि ठाउँका ३६ बर्षीय पुर्णबहादुर लिम्बुलाई पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
एपीएफ बोर्डर आउट पोष्ट टाघनडुब्बा झापाबाट सशस्त्र प्रहरी सहायक निरीक्षक निर्मलकुमार कटुवालको कमाण्डमा खटिएको चेकप्वाईन्ट टोलीले उनीहरुलाई झापा गाउँपालिका १ लसुना सीमा ईलाकाबाट मंगलबार साँझ ७ः५० बजे पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेक्वा झापाका सुचना अधिकारी एवम् निमित्त गणपति सशस्त्र प्रहरी नायव उपरीक्षक सुमन पोख्रेलका अनुसार भारतबाट नेपालतर्फ आउदै गरेको मे ५ प ७८४० नम्बरको होण्डा कम्पनिको डीओ स्कुटर शंका लागि खान तलासी गर्ने क्रममा स्कुटरको भाईजरमा लुकाएको अवस्थामा ९.७९० ग्राम ब्राउनसुगर फेला पारिएको छ । उनीहरुलाई आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय कुमरखोदको जिम्मा लगाइसकिएको उनले बताए ।