२०८३ बैशाख २० गते , आईतबार

चाडपर्व बिशेष सुरक्षा योजना अनुसार काम गर्न जिल्ला प्रहरी प्रमुखहरुलाई निर्देशन

sajilo news
परिवेश मिडिया
२०८१ आश्विन १ गते , मंगलबार
चाडपर्व बिशेष सुरक्षा योजना अनुसार काम गर्न जिल्ला प्रहरी प्रमुखहरुलाई निर्देशन

बिर्तामोड नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरी समाजमा शान्ति सुरक्षा कायम राख्न कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्रकुवेर खापुङले जिल्ला प्रहरी प्रमुखहरुलाई निर्देशन दिएका छन् चाडपर्व बिशेष सुरक्षा योजना अनुसार कुनै पनि अपराधका घटनाहरू हुन नपाउने गरी प्रहरी परिचालन गर्न उनले निर्देशन दिएका हुन्

चाडपर्वमा भरपर्दो सुरक्षा व्यवस्था मिलाउन उनले १४ जिल्लाका जिल्ला प्रहरी प्रमुखहरुलाई निर्देशन दिएका हुन्

मंगलबार (आज) दिउँसो भर्चुअल माध्यमद्वारा प्रदेश प्रहरी प्रमुख खापुङले मातहत जिल्ला प्रहरी प्रमुख तथा इलाका प्रहरी कार्यालयका प्रमुखहरुलाई नजिकिदै गरेको चाड पर्वलाई सुरक्षित बनाउने उद्धेश्यका साथ आफ्नो जिम्मेवार क्षेत्रहरूमा सुरक्षा व्यवस्थापनको निम्ति आवश्यक सुरक्षा योजना निर्माण गरी समाजमा शान्तिसुरक्षा व्यवस्था मिलाउन तथा चाडपर्वको समयमा हुनसक्ने अवान्छित गतिविधि, जुवातास, कालोबजारी नियन्त्रण, खुल्ला सिमा नाकाको कारण हुने चोरी तस्करी, लागू औषधको प्रयोग तथा ओसार पसार, आतिसवाजी तथा पटकाजन्य पदार्थहरुको ओसार पसारलाई नियन्त्रण गर्न तथा चाडपर्वको समयमा सवारी साधनद्वारा मानिसहरुको आवत जावत बढी हुने हुँदा यात्रुहरुको सहजताको लागी यात्रु सहायता कक्षको स्थापना गरी सवारी दुर्घटना हुन नपाउने गरी ट्राफिक व्यवस्थापन मिलाउन समेत निर्देशन दिए

उनले प्रहरीले आम नागरिकलाई प्रदान गर्दै आएको प्रहरी सेवालाई प्रभावकारी बनाउँदै सचेतनामुलक कार्यक्रमलाई निरन्तररुपमा संचालन गर्न तथा बाँकी रहेका मुद्दाको फलोअप, फरार अपराधीहरूको खोजी कार्यलाई तिव्रता दिदै शुन्य सहनशिलताका साथ बिभागीय नीति निर्देशनलाई अक्षरस पालना गर्न समेत निर्देशन दिए

सम्बन्धित समाचार