२०८३ बैशाख २० गते , आईतबार
पूर्वेली ढुवानी सेवाले गर्यो विश्वकर्मा पूजा
बिर्तामोड । झापामा गुणस्तरीय ढुवानी सेवा दिँदै आएको पूर्वेली ढुवानी सेवा प्रा.लि.ले विश्वकर्मा पूजा सम्पन्न गरेको छ ।
कम्पनीले बिर्तामोड-६ बुटाबारीमा मङ्गलबार विधिपूर्वक विश्वकर्मा पूजा सम्पन्न गरेको हो । पण्डितद्वारा मन्त्रोच्चारण तथा आराधना गरी पूजा सम्पन्न गरिएको प्रालिका अध्यक्ष निर्मल खत्रीले जानकारी दिए ।
पूर्वेली ढुवानी सेवाले ४० भन्दा बढी मालवाहक सवारी साधनमार्फत सेवा प्रवाह गर्दै आएको अध्यक्ष खत्रीले बताए ।