२०८३ बैशाख २० गते , आईतबार

सदस्यता नामावलीप्रति झापासहित ५२ शाखाको आपत्ति

sajilo news
परिवेश मिडिया
२०८१ भाद्र ३१ गते , सोमबार
सदस्यता नामावलीप्रति झापासहित ५२ शाखाको आपत्ति

बिर्तामोड नेपाल पत्रकार महासंघले प्रकाशन गरेको सदस्यता नामावलीप्रति झापा शाखाको समेत आपत्ति रहेको छ । झापा शाखाका अध्यक्ष एकराज गिरीसहित ५२ शाखाका अध्यक्षहरुले सोमबार संयुक्त विज्ञप्ति जारी गरी नेपाल पत्रकार महासंघ केन्द्रले भदौ २९ गते प्रकाशन गरेको सदस्यता नामावलीप्रति आपत्ति  जनाएका हुन्

५२ वटा जिल्ला शाखाका अध्यक्षहरूको हस्ताक्षर रहेको विज्ञप्तिमा भनिएको नेपाल पत्रकार महासंघको निर्वाचनका लागि गठित केन्द्रीय निर्वाचन समितिले २०८१ भदौ २९ गते प्रकाशन गरेको सदस्यता नामावलीप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको

उनीहरुले केन्द्रीय अध्यक्ष विपुल पोखरेललाई सदस्यताकै बहानामा राजीनामा दिन बाध्य पार्ने तत्कालै राजीनामा स्वीकृत गरेर उनकै हस्ताक्षरसहितको नामावली प्रकाशित गरेर ठुलो प्रश्न चिन्ह खडा गरिएको बताएका छन्

शाखा अध्यक्षहरूले पछिल्लो सार्वजनिक सदस्यता नामावलीमा थप भएकाहरूको नाम हेर्दा महासङ्घ केन्द्र आफैँले जारी गरेको सदस्यता शुद्धीकरण मापदण्ड २०७९ को विपरीत रहेको आरोप समेत लगाएका छन्

महासंघको निर्वाचन असोज १२ गतेका लागि तोकिएको । 

प्रकाशित नामावलीअनुसार झापाका २१९ जना सदस्यको नाम समावेश गरिएको छ । 

 

सम्बन्धित समाचार