२०८१ आश्विन २४ गते , विहीबार

लोकबन्धु कन्दङवा माओवादी केन्द्रमा प्रवेश

sajilo news
परिवेश मिडिया
२०८१ भाद्र ३० गते , आईतबार
लोकबन्धु कन्दङवा माओवादी केन्द्रमा प्रवेश

बिर्तामोड । पुराना कम्युनिष्ट योद्धाका रुपमा परिचित लोकबन्धु कन्दङवा नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । आईतबार बिर्तामोडमा आयोजित राजनीतिक प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमका बीच कन्दङवा माओवादी केन्द्रमा प्रवेश गरेका हुन्।
कन्दङवाको नेतृत्वमा ५ सय बढी मानिसहरू नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । कन्दङवा तत्कालीन अनारमनी नगरोन्मुख गाविसका उपाध्यक्ष हुन् । उनी नेकपा एमालेमा रहेर लामो समय राजनीतिमा क्रियाशील थिए ।
कन्दङवासँगै नेकपा एमाले जिल्ला कमिटी सदस्य सिता रणपहेलीपनि माओवादी केन्द्रमा प्रवेश गरेकी छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपमहासचिव तथा १ नम्बर प्रदेश इन्चार्ज हरिबोल गजुरेल (शितलकुमार)ले उनीहरुलाई पार्टीमा स्वागत गरेका थिए ।
कार्यक्रममा बोल्दै कन्दङवाले किसानको, महिलाको, मजदुरको, आदिवासी जनजातिको, उत्पीडित वर्गको, दलितको पक्षमा एजेण्डा उठाउने एकमात्र पार्टी माओवादी केन्द्र भएको ठहर गर्दै पार्टी प्रवेश गरेको बताए । माओवादी केन्द्रलाई सहयोग नगरे देश खतरामा जाने भएकाले पनि आफू यहां आएको बताए ।

आफूले ४३ वर्ष एमालेमा बसेर काम गरिरहँदा ती तमाम एजेण्डा एमालेले बुझ्न नचाहेको उनको भनाई थियो । युद्धको समयमा परिस्थितिवस कतिपयको चित्त दुखेको भएपनि त्यसलाई परिस्थितिजन्य घटनाको रूपमा बुझिदिन उनले आग्रह गरे । एमालेमा छँदा आफू जेल नेल गएकाले आफ्नो लगानी रहेको भए पनि मुलुकको अग्रगमनका काम गर्न नेतृत्वले नसकेको उनले बताए ।

सम्बन्धित समाचार